Honoring Social Justice Leaders Worldwide

दर्नाल अवार्ड रक्षाराम चमारलाई: कान्तिपुर दैनिक

15082016090618Darnal_Award__for_Social_Justice-(4)-1000x0

श्रावण ३१, २०७३- सामाजिक न्यायका क्षेत्रमा योगदान पुर्‍याएबापत सामाजिक अभियन्ता रक्षाराम चमार ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ बाट सम्मानित भएका छन् । दलित अधिकार र विभेदरहित समाज स्थापनाका निम्ति लडेका सुभाष दर्नालको स्मृतिमा स्थापना गरिएको पुरस्कारको राशि ५ लाख रुपैयाँ रहेको छ । दर्नालको मृत्यु पाँच वर्षअघि अमेरिकामा सडक दुर्घटनामा परी भएको थियो ।

कपिलवस्तुका चमार समतामूलक समाज स्थापनाका निम्ति सक्रिय अभियन्ता हुन् । दलित समुदायको बाहुल्य रहेको बासखोर गाउँमा स्कुल खोलेर चार वर्षसम्म नि:शुल्क सेवा गरेका चमार पछिल्ला वर्ष भने कानुनी लडाइँ मार्फत दलित अधिकारको क्षेत्रमा सक्रिय छन् । तराई मानवअधिकार रक्षक सञ्जालमा आबद्ध चमारले गृह जिल्लाबाट केही वर्ष पत्रकारिता पनि गरेका थिए । २०६५ सालमा उनकै अगुवाइमा दलितहरूमाथि ज्यालादारीमा भएको शोषणविरुद्ध जमिनदारविरुद्ध आन्दोलन चलेको थियो । चमारले कान्तिपुरसँग कुरा गर्दै भने, ‘परम्परागत तरिकाले भन्दा कानुनी लडाइँ मार्फत आन्दोलनलाई जारी राख्नेछु ।’

कार्यक्रममा इन्डियन काउन्सिल अफ सोसल साइन्स रिसर्चका अध्यक्ष सुकदेव थोराटले कानुनमा समान अधिकार लेखिँदैमा विभेदको अन्त्य नहुने बताए । उनले भने, ‘समाजको कथित उच्च जातिले आफ्नो वर्चस्व गुमाउन चाहँदैन । त्यसैले सामाजिक व्यवहार, प्रथा र परम्परा नबदलिएसम्म विभेद अन्त्य हुँदैन ।’

स्ट्यान्डफोर्ड युनिभर्सिटीका प्रोफेसर ल्यारी डाइमन्डले लोकतन्त्र र सामाजिक न्यायबीचको सम्बन्धलाई प्रस्ट्याउँदै सामाजिक न्यायबिना प्रजातन्त्र टिक्न नसक्ने बताए । उनले भने, ‘असमानता हुन्जेल दिगो आर्थिक विकास हुँदैन ।’ नेसनल इन्डोमेन्ट फर डेमाक्रेसीका संस्थापक अध्यक्ष कार्ल ग्रेसम्यानले भाषा र जातजातिले नेपाल विश्वकै बहुल राष्ट्र भएकाले यहाँ सामाजिक न्यायको अवधारणाको अभ्यास सफल भयो भने विश्वकै निम्ति उदाहरणीय हुने बताए । उनले भने, ‘प्रजातन्त्र भनेको चुनाव मात्रै होइन । सामाजिक न्याय भयो भने मात्रै त्यहाँ प्रजातन्त्रको सही अभ्यास हुन्छ ।’

सरिता परियार ट्रस्ट फन्ड र जागरण मिडिया सेन्टरको सहकार्यमा प्रदान गरिएको यो पहिलो अवार्ड हो । कार्यक्रममा माओवादी सांसद दुलारी हरिजनले सामाजिक न्यायको कुरा भए पनि दलितहरूले अहिलेसम्म त्यसको महसुस नगरेको बताइन् । उनले भनिन्, ‘चुनावका बेला सबैले दलितको मुद्दा उचाल्छन् र जितेपछि बिर्सन्छन् ।’

http://bit.ly/2b946lY

Similar posts
  • “जब प्रश्नहरुले नयाँ इतिहास बना... पृष्ठभूमि “सामाजिक न्यायका लागि दर्नाल अवार्ड (डिएएसजे) ” सामाजिक अभियन्ता सुभाष दर्नालको विशिष्ट जीवनको सम्मान र सम्झनाका लागि स्थापित अन्तर्राष्ट्रिय पुरस्कार हो । आम मानिसले सामाजिक न्याय र आत्मसम्मानका लागि गरेका प्रेरणादायी र अनुकरणीय कार्यको कदर र प्रोत्साहनका लागि यो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिन्छ । यस पुरस्कारले नेपालभित्र र बाहिर दलित र अन्य [...]
  • दलितका लागि न्यायतन्त्रको पुन:संरचना सुन्दैमा अचम्म लाग्ने अनशनको घटना : दैलेखका अर्जुन सार्की पत्नी फिर्ता माग्दै ससुराली घरछेउको खेतमा अनशनमा।  त्यो पनि अन्तरजातीय विवाह गरेकै कारण सासू–ससुराले घरेलु हिंसा र सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको विरोधमा। सार्कीको अनशनले न्यायका बन्द आँखा खोल्ला, आशंका छ। किनभने अन्तरजातीय प्रेम गरेकै निहुँमा सप्तरीका शिवशंकर दासलाई विष खुवाएर मारिएको र बिहे गरेको बहानामा काभ्रेका [...]
  • दलितलाई पढाउँदा मुद्दा! -समुन्द्रराज घिमिरे, काठमाडौं, साउन १२ अछामकी दुर्गा विक गत साता काठमाडौंमा भेटिइन्। करिब दुई वर्षदेखि सर्वोच्च अदालतमा मुद्दा झेलिरहेकी उनी यसपटक तारिख धान्न आइपुगेकी थिइन्। तारिख सर्यो। दुर्गाको झमेला झन् तन्कियो। सर्वोच्चमा दुई वर्ष र पुनरावेदनमा तीन वर्ष गरी दुर्गाले यो मुद्दा खेप्न थालेको पाँच वर्ष बित्न आँट्यो। पुनरावेदनमा त उनले जितेकी थिइन्। तर, विपक्षीले सर्वोच्चमा [...]
  • Caste discrimination stronger in Nepa... Sukhadeo Thorat, Professor Emeritus at Jawaharlal Nehru University since 2014, is the chairman of the Indian Council of Social Science Research. He also served as Director of Indian Institute of Dalit Studies. Republica’s Kamal Pariyar caught up with Thorat while he was in Kathmandu to participate in Darnal Award for Social Justice and other lectures. [...]
  • Harijan awarded for his fight for soc... KATHMANDU, Aug 16: The First Darnal International Award for Social Justice was awarded to Raksha Ram Chamar (Harijan) from Madhesi Dalit community for his struggle to achieve education and justice for Dalits and other marginalized groups. The award established in memory of social activist Suvash Darnal is presented to individuals or organizations that have demonstrated [...]

No Comments Yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Darnal Award Mailing List

Enter your email address to subscribe to receive updates.

Find us on Facebook

अब मात्र तीन दिन बाँकी । ... See MoreSee Less

View on Facebook

नयाँ इतिहास बनाउने प्रश्नहरुको खोजी कार्यको साथमा हाम्रा अतिथिहरु हुनुहुन्छः मोहना अन्सारी, प्रवक्ता राष्ट्रिय मानवअधिकार आयोग, खगेन्द्र संग्रौला राजनीतिक विश्लेषक तथा लेखक, राजेन्द्र महर्जन, लेखक/सम्पादक, डा. सुमित्रा मानन्धर, विजयकान्त कर्ण, पूर्वराजदूत, उज्वल प्रसार्इँ, विश्लेषक/लेखक, संगीत श्रोता, लेखक/सम्पादक र प्राध्यापक अशोक गुरुङ, दि न्यू स्कुल, न्यूयोर्क, अमेरिका । साथमा सामाजिक न्यायका क्षेत्रमा क्रियाशील मध्य र सुदुर पश्चिमका प्रेरणादायी दलित युवा प्रतिभा । ... See MoreSee Less

View on Facebook

Darnal Award for Social Justice - DASJले आफ्नो आवरण तस्वीर अद्यावधिक गर्नुभयो। ... See MoreSee Less

View on Facebook

Follow us on Twitter

Community Story Archive


हाम्रा कथाहरु : पिपुल्स आर्काइभ प्रोजेक्ट.
थप अध्ययनका लागि

Inspiring stories from and about people.
Click to learn more...

Groups

Skip to toolbar