Honoring Social Justice Leaders Worldwide

“जब प्रश्नहरुले नयाँ इतिहास बनाउँछन्” सामाजिक न्यायका लागि दर्नाल अवार्डको वार्षिक सेमिनार २०७४ साउन ३०–३१

पृष्ठभूमि

“सामाजिक न्यायका लागि दर्नाल अवार्ड (डिएएसजे) ” सामाजिक अभियन्ता सुभाष दर्नालको विशिष्ट जीवनको सम्मान र सम्झनाका लागि स्थापित अन्तर्राष्ट्रिय पुरस्कार हो । आम मानिसले सामाजिक न्याय र आत्मसम्मानका लागि गरेका प्रेरणादायी र अनुकरणीय कार्यको कदर र प्रोत्साहनका लागि यो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिन्छ । यस पुरस्कारले नेपालभित्र र बाहिर दलित र अन्य सीमान्तकृत जनताको सामाजिक न्याय, आत्मसम्मान र समुन्नत भविष्यका लागि दृढतापूर्वक संघर्षरत युवा पैरवीकर्ता, संगठन र आन्दोलनका कामकारबाहीलाई कदर र सहयोग गर्दछ । सरिता परियार ट्रष्ट फण्डले जागरण मिडिया सेन्टर (जेएमसी) सँगको साझेदारीमा अभियन्ता दर्नालको दु:खान्त भएको दिन अगष्ट १५ मा पुरस्कार वितरण र अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्दै आएको छ । हरेक दुई वर्षमा ने.रु. पाँच लाखको पुरस्कार वितरणसँगै “समता तथा आत्मसम्मानको राजनीति : नेपालमा दलित” विषयक सेमिनार पनि आयोजना गरिन्छ । र, पुरस्कार वितरण नगरिने वर्षमा काठमाडौँ उपत्‍यकाबाहिर सेमिनार गरिन्छ ।

२०७३ सालको दर्नाल अवार्ड सामाजिक न्यायका अभियन्ताका रूपमा कार्यरत कपिलबस्तुका रक्षाराम चमार (हरिजन) लाई प्रदान गरिएको थियो । अवार्ड वितरण समारोहसँगै आयोजित “समता तथा आत्मसम्मानको राजनीति : नेपालमा दलित” विषयक सेमिनारमा नेशनल इण्डोओमेन्ट फर डेमोक्रेसीका संस्थापक गर्सम्यान, स्ट्याण्डफोर्ड विश्वविद्यालयका प्रा. ल्यारी डायमण्ड, जवारलाल नेहरू विश्वविद्यालयका प्रा. सुखदेव थोराट र राजनीतिशास्त्री याशिहिरो फ्रान्सिस फुकुयामा (भिजुअल कन्फ्रेन्स) लगायत नेपालका प्रखर बौद्धिक व्यक्तित्वहरुको सहभागिता थियो । २०७२ सालको विषम परिस्थितिलाई ध्यानमा राख्दै त्यस वर्षको पुरस्कार राशि भूकम्प प्रभावित सिन्धुपाल्चोक, सिपापोखरे ४, गैह्रीगाउँस्थित श्री बालकल्याण प्राथमिक विद्यालयको पुनःनिर्माणका लागि सहयोग गरिएको थियो ।

नेपालजस्तो वर्णव्यवस्था, जातभात–छुवाछूत र तहगत असमानताले जकडेको समाजमा समावेशी लोकतन्त्र र सामाजिक न्यायका लागि गरिने सङ्घर्षको बाटो दीर्घकालीन र जटिल हुन्छ । यस्तो सङ्घर्षका लागि ज्ञानको उत्पादन गर्ने र त्यसलाई आदान–प्रदान गर्ने काम निकै महत्वपूर्ण हुन्छ । यसै तथ्यलाई ध्यानकेन्द्रविन्दुमा राख्दै भुइँतहको वास्तविकता, स्थानीय पीडा, संघर्ष र ज्ञानलाई प्राज्ञिक र सैद्धान्तिक विश्लेषणसँग जोड्ने जमर्को गर्ने निर्णय गरिएको हो । सुदूर र मध्यपश्चिम क्षेत्रमा जटिल खालको जातीय विभेदका विभिन्न आयाम खोतल्दै यहाँ ठूलो संख्यामा बसोबास गर्ने दलित समुदायका ज्ञान र क्षमतालाई उजागर गर्ने उद्देश्य राखिएको छ । यसै क्रममा अछामको कालिकास्थानमा “समता तथा आत्मसम्मानको राजनीति : नेपालमा दलित” सवालमा दुईदिने अन्तर्राष्ट्रिय बहस शृङ्खला आयोजना गर्ने तयारी गरिएको हो ।

‘जब प्रश्नहरूले नयाँ इतिहास बनाउँछन्’ शीर्षकमा यस वर्ष अगस्ट १५ को अवसरमा गरिने यस कार्यक्रमको मुख्य आयोजकको रूपमा सरिता परियार ट्रष्ट फण्ड, साझेदारको रूपमा जागरण मिडिया सेन्टर र समता फाउण्डेसन तथा स्थानीय साझेदारको रूपमा दलित सृजनशील बचत तथा ऋण सहकारी प्रालि, अछाम रहेका छन् । दलित सृजनशील बचत तथा ऋण सहकारी प्रालि दलित समुदायको हितका लागि दलित समुदायद्वारा नै सञ्चालित अछाम जिल्लाको एकमात्र सहकारी संस्था हो । यस संस्थामा आबद्ध पाँच सय दलित यसका लागि सक्रिय रहेका छन् । यसको अंगको रुपमा रहेको सांस्कृतिक समूहले जातीय भेदभाव तथा छूवाछूतविरुद्ध जनचेतना अभियान चलाइरहेको छ । सांस्कृतिक हक र आर्थिक हितका लागि क्रियाशील सहकारी संस्थाले  ज्ञानको उत्पादनको क्षेत्रमा पनि हात हालेको छ ।

लक्षित समूह  : यस कार्यक्रममा सुदूर र मध्य पश्चिमका कर्णाली, भेरी, राप्ती, सेती र महाकाली अञ्चललाई समेटिने छ । यहाँका पनि विशेष गरी दलित बाहुल्य भएका पाँच जिल्लाबाट १० जना दलित युवा अभियान्ता सहभागी हुनेछन् । साथै, सामाजिक न्याय, दलित अधिकार, पत्रकारिता र बौद्धिक क्षेत्रमा राष्ट्रिय रूपमा क्रियाशील १५ जना सार्वजनिक व्यक्तित्वको पनि सहभागिता रहने छ ।

उद्देश्य

१. दलित कोणबाट इतिहासको पुनःव्याख्या र पुनःपरिभाषा गर्नु तथा वर्तमान समयका सामाजिक जटिलताको गाँठो फुकाउनु ।

२. स्थानीय दलित युवाका अनुभवको आदान–प्रदानमार्फत् राष्ट्रिय बौद्धिक बहसको सिर्जना गर्नु ।

क्रियाकलाप

१. दलितसँग बसाइ, संवाद र सिकाइ यो क्रियाकलापअन्तर्गत केन्द्रबाट बहसमा सहभागी हुने व्यक्तित्वहरू तथा सुदूर र मध्यपश्चिमका दश जना दलित युवालाई कालिकास्थानका दलित समुदायले आफ्ना भोगाइ र दिनचर्याको अध्ययनका लागि पाँच समूहमा विभाजन गरी दलित बस्तीको अवलोकन गराउने छन् । यसका लागि कार्यक्रमअघि नै कसलाई कुन बस्तीमा पठाउने भन्ने तय गरिने छ । यो अवलोकनपछि बेलुका अनौपचारिक परम्परागत भेला वा जमघटको क्रममा सांस्कृतिक प्रस्तुति गरिने छ ।

२. जब प्रश्नहरूले नयाँ इतिहास बनाउँछन्  यो कार्यक्रमअन्तर्गत स्थानीय दलित युवा नेतृत्व, आमन्त्रित दलित युवा अभियन्ता र स्रोत–व्यक्तिहरूबीच अन्तर्क्रिया गरिने छ । यस सत्रमा सुदूर र मध्यपश्चिममा रहेर अनुकरणीय काम गरिरहेका दलित युवाका अनुभव आदान–प्रदान गरिने छ । यस सत्रमा देहायका विषयमा स्थानीय दलित युवाहरूले आफ्नो भोगाइ प्रस्तुत गर्ने छन् ।

३. समता र आत्मसम्मानको राजनीति : नेपालमा दलित यस खुला कार्यक्रममा विद्यार्थी, शिक्षक, सरकारी कार्यालयका प्रतिनिधि, जनसमुदायको सहभागिता हुने छ । यसको पहिलो चरणमा मूल रुपमा प्रवचन हुने छ । यसमा दलित र सामाजिक न्यायबारे विचार र अनुभव प्रस्तुत गरिने छ । त्यसपछिका सेसनमा आम जनता र सहभागीहरुले स्रोत–व्यक्तिहरूसँग सवालजवाफ गर्नेछन् ।

सम्भावित उपलब्धि

क. नेपालका दलितहरुले भोग्दै आएका समस्या र चुनौती, उनीहरुमाथि थोपरिएका भाष्य, उनीहरुले गर्दै आएका आशा-आकांक्षाबारे, अवसर र सम्भावनाबारे बुझाइ फराकिलो हुने छ ।

ख.  नेपालको मध्य र सुदूर पश्चिम क्षेत्रमा सामाजिक न्यायका लागि क्रियाशील अगुवाहरु, विशेष गरी उदाउँदो युवा नेतृत्वहरुबीच नयाँ संजाल विकास र विस्तार हुने छ ।

ग.  समाचार लेख र वैचारिक रचनाका माध्यमबाट नेपालका दलित समुदायसम्बन्धी आम वृत्तमा बुझाइ र बहस व्यापक हुने छ ।

घ. नेपालका दलित समुदायका आकांक्षा र विवादास्पद भाष्यबारे गहन एवं दिगो कामकारबाहीका लागि प्रोत्साहन मिल्ने छ ।

Similar posts
  • दलितका लागि न्यायतन्त्रको पुन:संरचना सुन्दैमा अचम्म लाग्ने अनशनको घटना : दैलेखका अर्जुन सार्की पत्नी फिर्ता माग्दै ससुराली घरछेउको खेतमा अनशनमा।  त्यो पनि अन्तरजातीय विवाह गरेकै कारण सासू–ससुराले घरेलु हिंसा र सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको विरोधमा। सार्कीको अनशनले न्यायका बन्द आँखा खोल्ला, आशंका छ। किनभने अन्तरजातीय प्रेम गरेकै निहुँमा सप्तरीका शिवशंकर दासलाई विष खुवाएर मारिएको र बिहे गरेको बहानामा काभ्रेका [...]
  • दलितलाई पढाउँदा मुद्दा! -समुन्द्रराज घिमिरे, काठमाडौं, साउन १२ अछामकी दुर्गा विक गत साता काठमाडौंमा भेटिइन्। करिब दुई वर्षदेखि सर्वोच्च अदालतमा मुद्दा झेलिरहेकी उनी यसपटक तारिख धान्न आइपुगेकी थिइन्। तारिख सर्यो। दुर्गाको झमेला झन् तन्कियो। सर्वोच्चमा दुई वर्ष र पुनरावेदनमा तीन वर्ष गरी दुर्गाले यो मुद्दा खेप्न थालेको पाँच वर्ष बित्न आँट्यो। पुनरावेदनमा त उनले जितेकी थिइन्। तर, विपक्षीले सर्वोच्चमा [...]
  • Caste discrimination stronger in Nepa... Sukhadeo Thorat, Professor Emeritus at Jawaharlal Nehru University since 2014, is the chairman of the Indian Council of Social Science Research. He also served as Director of Indian Institute of Dalit Studies. Republica’s Kamal Pariyar caught up with Thorat while he was in Kathmandu to participate in Darnal Award for Social Justice and other lectures. [...]
  • Harijan awarded for his fight for soc... KATHMANDU, Aug 16: The First Darnal International Award for Social Justice was awarded to Raksha Ram Chamar (Harijan) from Madhesi Dalit community for his struggle to achieve education and justice for Dalits and other marginalized groups. The award established in memory of social activist Suvash Darnal is presented to individuals or organizations that have demonstrated [...]
  • कथा रक्षक रक्षारामको: nepalkhabar.com भर्खर २८ वर्ष पुगेका रक्षाराम चमारले सोमबार ५ लाख रुपियाँसहित दर्नाल अवार्ड थापे। सामाजिक न्यायका पक्षमा निरन्तर खटिरहेका चमारको अन्तरकथा त्यत्तिकै प्रेरणादायी छ।  जिल्ला कपिलवस्तु। बाँसखोर वडा नं. ६, सानो कर्मा। नाम जस्तै सानो गाउँ, बढीमा ४० घर। एउटा घर ब्राह्मणको, अर्को एक घर कुर्मीको र तीन चार घर यादवहरुको र बाँकी सबै दलित समुदायको [...]

No Comments Yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Upcoming Events

There are no upcoming events at this time.

Darnal Award Nominators (2016)

Learn more about the many individuals involved in selecting the Darnal Award for Social Justice final awardee.

हाम्रा कथाहरु : पिपुल्स आर्काइभ प्रोजेक्ट.
थप अध्ययनका लागि

Inspiring stories from and about people.
Click to learn more...

सामाजिक न्याय.
थप अध्ययनका लागि
Learn more about social justice.
Click here...

अब मात्र तीन दिन बाँकी । ... See MoreSee Less

View on Facebook

नयाँ इतिहास बनाउने प्रश्नहरुको खोजी कार्यको साथमा हाम्रा अतिथिहरु हुनुहुन्छः मोहना अन्सारी, प्रवक्ता राष्ट्रिय मानवअधिकार आयोग, खगेन्द्र संग्रौला राजनीतिक विश्लेषक तथा लेखक, राजेन्द्र महर्जन, लेखक/सम्पादक, डा. सुमित्रा मानन्धर, विजयकान्त कर्ण, पूर्वराजदूत, उज्वल प्रसार्इँ, विश्लेषक/लेखक, संगीत श्रोता, लेखक/सम्पादक र प्राध्यापक अशोक गुरुङ, दि न्यू स्कुल, न्यूयोर्क, अमेरिका । साथमा सामाजिक न्यायका क्षेत्रमा क्रियाशील मध्य र सुदुर पश्चिमका प्रेरणादायी दलित युवा प्रतिभा । ... See MoreSee Less

View on Facebook

Darnal Award for Social Justice - DASJले आफ्नो आवरण तस्वीर अद्यावधिक गर्नुभयो। ... See MoreSee Less

View on Facebook

Darnal Award Mailing List

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Archives

Skip to toolbar